काठमाडौँ । नेपाल सरकारका दुई विशिष्ट श्रेणी(सचिव) अनिवार्य अवकाश भएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा.दामोदर रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन जङ्ग थापाले अनिवार्य अवकाश लिएका हुन् । ५८ वर्षे उमेर हदका कारण उनी यही कार्तिक ११ गतेदेखि घर गएका हुन् ।
डा. रेग्मी ०७८ असार १७ गते सचिवमा बढुवा भएका थिए । ज्येष्ठताको आधारमा एकल सिफारिसमा परेका डा. रेग्मीलाई असार १४ गते बसेको बढुवा सिफारिस समितिको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार : डा. रेग्मी सचिवमा बढुवा
लेखपढमा बढी रुचि राख्ने डा. रेग्मी प्रशासन डटकमका नियमित स्तम्भकारसमेत हुन् । लोक सेवालगायत सार्वजनिक प्रशासनका विविध आयामहरूबारे लेखिएका डा. रेग्मीका सयौँ लेखहरू प्रशासन डटकममा प्रकाशित छन् ।
त्यस्तै पुगनपुग दुई साताका लागि मात्रै सचिव बनेका थापा असोज १४ गते मात्रै सचिवमा बढुवा भएका थिए । उमेर अवधिका कारण कार्तिक ६ गतेदेखि थापा घर गएका हुन् ।
सम्बन्धित समाचार : अर्जुन जङ्ग थापा सचिवमा बढुवा
यससँगै रिक्त हुन पुगेका दुई सचिवका लागि पनि आज सिफारिस भई सकिएको छ ।