काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्रीको आगमन हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘प्रचण्ड’ले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’लाई भूकम्पबाट प्रभावित प्रतिनिधिमूलक ठाउँहरू देखाउने तयारी गरिएको छ ।
बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।
भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।