काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने


२ जेष्ठ २०८१, बुधबार


काठमाडौँ ।  बिहीबारदेखि ४ दिन काठमाडौँका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकोले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो । 

प्राधिकरणले जेठ ३ गते नयाँ बजार, जेठ ५ गते नयाँ बजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेड ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । 

उल्लिखित फिडरहरू अन्तर्गतका विभिन्न स्थानमा बिहान ११:०० बजेदेखि साँझ ०५:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस