धुर्मुस-सुन्तली फाउन्डेसनलाई कर छुट दिने सरकारको निर्णय « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

धुर्मुस-सुन्तली फाउन्डेसनलाई कर छुट दिने सरकारको निर्णय


५ असार २०८०, मंगलबार


काठमाडौँ । सरकारले धुर्मुस-सुन्तली फाउन्डेसनले गिरान चौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको कर छुट दिने भएको छ।

मङ्गलवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस