प्रहरी कुटपिट घटनाको छानबिन गर्न एआइजीको नेतृत्वमा समिति गठन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रहरी कुटपिट घटनाको छानबिन गर्न एआइजीको नेतृत्वमा समिति गठन


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । झापामा प्रहरी निरीक्षकले आफ्नै प्रहरी कर्मचारी कुटपिट गरेको घटनामा सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय छानबिन समिति गठन भएको छ।

मेचीनगर नगरपालिका-४ स्थित नेपाल-भारत सीमा नकलबन्दामा मङ्गलवार राति सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले सशस्त्र प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेको आरोप छ।

त्यस घटना बाहिरिएपछि सशस्त्र प्रहरीले एआइजी गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । 

एआइजी गौतम प्रधान कार्यालय कार्य विभाग प्रमुख समेत छन्। समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ।

यसअघि सोही घटनाको छानबिन गर्न बुधबार नै कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँको अध्यक्षतामा बुधबार नै ५ सदस्यीय समिति गठन गरेको थियो। 

व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेको कार्कीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस