एसइईको नतिजा नआई कक्षा ११ को भर्ना नगर्न परिपत्र « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एसइईको नतिजा नआई कक्षा ११ को भर्ना नगर्न परिपत्र


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ ।

केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महानगरले एसइईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि पक्रिया नगर्न महानगरभित्रका सबै विद्यालयलाई बुधबार परिपत्र गरेको हो ।

‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालित केही विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा यस विभागको ध्यानाकर्षण भएको छ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना सम्बन्धी कुनै पनि प्रक्रिया नगर्नुहुन सूचित गरिन्छ,’ महानगरको परिपत्रमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस