खोकना, बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई-मधेस द्रुतमार्ग निर्माण गर्छौँ : गृहमन्त्री « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खोकना, बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई-मधेस द्रुतमार्ग निर्माण गर्छौँ : गृहमन्त्री


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोकना बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई-मधेस द्रुतमार्ग निर्माण हुने बताएका छन् ।

आइतबार ललितपुरको खोकनामा ललितपुर महानगर-२१ को आयोजनामा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान कार्यक्रममा श्रेष्ठले यस्तथो बताएका हुन् ।

द्रुतमार्गको आवश्यकता रहेको भन्दै मन्त्री श्रेष्ठले खोकना बुङ्मतीलगायतका स्थानको ऐतिहासिकता र पहिचान र संस्कृतिको रक्षा गर्ने गरी फास्ट ट्रयाकका बारेमा उपयुक्त निर्णय हुने बताए ।

द्रुतमार्गका विषयमा स्थानीयले गरेको संघर्ष र मागका बारेमा अध्ययन गर्न उपप्रधान एवं रक्षामन्त्रीको संयोजकत्वमा कार्यदल बनेको अवस्थामा कार्यदलले सही निर्णय गर्ने विश्वास उनले व्यक्त गरे ।

उनले मुलुकको संस्कृति जगेर्नाका लागि देवगणलगायत स्थानीयहरुले खेलेको भूमिकाको प्रशंसासमेत गरेका छन् ।

ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस