डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ ।  सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ । ८ वटा गोठहरू पनि जलेर नष्ट भएका छन् । यी स्थानहरूमा भने आगो नियन्त्रणमा आइसकेको छ ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार, यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ । 

६९ वटा सामुदायिक वनमा भने अहिले पनि डढेलो नियन्त्रणमा आई नसकेको आचार्यले बताइन् । 

डढेलोबाट भक्तपुर, काठमाडौं, ललितपुर, ओखलढुङ्गा, भोजपुर, उदयपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिक वनमा डढेलोबाट क्षति पुगेको विवरण प्राप्त भइरहेको उपसचिव आचार्यले बताइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस