२०८४ मा चुनाव लड्ने रेशम चौधरीको घोषणा  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२०८४ मा चुनाव लड्ने रेशम चौधरीको घोषणा 


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफू फेरि चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका छन् ।

बुधबार कैलाली आएका उनले पत्रकारहरूसँगको कुराकानीमा आफू २०८४ मा हुने आम निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् ।

२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर भई जन्मकैदको भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । टीकापुर घटनामै दोषी ठहर भई जेलमा रहेकाहरूलाई बुधबार भेट गरेका चौधरीले पत्रकारहरूसँगको कुराकानीमा आफ्नो राजनीतिक यात्राको बाटो नछेकिएको बताए ।

रेसमले भने, ‘कसले भन्यो छेकिएको छ रु २०८४ मा म उठ्न्या हो, चुनाव जित्न्या हो ? कानी बन्देज कहाँ छ र कहीँ छैन’ चौधरीले भने, ‘रेशम दाजु चुनाव लड्न्या हो, जित्न्या हो र यो देशको बागडोर सम्हाल्ने हो ।’

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षकको पत्नीले चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा मङ्गलवार रिट दिएकी थिइन् । सो विषयमा प्रतिक्रिया दिँदै रेसमले अदालतले गर्ने जुनसुकै फैसलाको सम्मान गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस