रास्वपा सांसद कंसाकारले लिइन् शपथ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

रास्वपा सांसद कंसाकारले लिइन् शपथ


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। 

सोमबार सभामुख देवराज घिमिरेले संसद सचिवालय सिंहदरवारमा सांसद कंसाकारलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

गत चैतमा डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले उनलाई सांसदबाट हटाएको थियो।

उनकै ठाउँमा रास्वपाले एसिड आक्रमणमा परेकी कंसाकारलाई सांसदमा सिफारिस गरेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस