काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई सरकारले दिएको आममाफीबारे आक्रोश पोखेका छन्।
नेपाली काँग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले रेशमलाई यसरी माफी दिइनु राजाको शासन नभएको बताउँदै आक्रोश पोखेका छन् ।
उनले भने, ‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन, यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ। हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिचाइ गरेर हामी कुनै निर्णय गछौँ। अदालतको आदेशलाई हेप्न मिल्दैन । हामीले हतार–हतार निर्णय गछौँ। हामीले अदालतलाई हेप्यौँ। हामीले जे गरे पनि हुन्छ भन्यौँ ।’