एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि


२ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजहरूमाथि छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । 

ललितपुरको बालकुमारीस्थित कान्तिपुर सिटी प्यालेसमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेश गरेका छन् । ती प्रतिवेदनहरूमाथि केन्द्रीय कमिटीमा १२ वटा समूह विभाजन गरी छलफल चलिरहेको छ । 

बुधबार ती समूहका नेताहरुले छलफलको निष्कर्षबारे बैठकमा प्रस्तुत गर्नेछन् भने त्यसपछि निर्णय पारित गर्दै केन्द्रीय कमिटीको बैठक समापन हुने सो पार्टीले जनाएको छ । 

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन गर्ने मिति तोकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस