विपन्न नागरिकको कडा रोग उपचाका लागी डेढ करोड बजेट स्वीकृत « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

विपन्न नागरिकको कडा रोग उपचाका लागी डेढ करोड बजेट स्वीकृत


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेश सरकारले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि एक करोड ५० लाख रुपैयाँ थप बजेटका लागि स्वीकृति प्रदान प्रदान गरेको छ ।

उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत थप बजेटका  लागि स्वीकृति प्रदान गर्ने सरकारले निर्णय गरेको हो।

सरकारले आर्थिक सहायतासम्बन्धी कार्यविधि २०७९ मा उल्लेख भएबमोजिम आर्थिक रूपले विपन्नलाई उपचारमा सहयोग गर्दै आएको छ ।

यसैगरी ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-६, निवासी एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत एक लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । पीडित बालिकाको कीर्तिपुर बर्न हस्पिटलमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस