एमालेले केन्द्रीय कमिटी बैठकका लागी तय गर्‍यो एजेण्डा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमालेले केन्द्रीय कमिटी बैठकका लागी तय गर्‍यो एजेण्डा


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका लागी एजेण्डा तय गरेको छ । मङ्गलवार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैशाख २८ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागी एजेण्डा तय गरेको हो ।

बैठकले आम निर्वाचनपछि भएका राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले तयार गर्ने, यसबीचमा पार्टीका बैठकले गरेका विभिन्न निर्णयको अनुमोदन गर्ने, पार्टी आयोग प्रमुखहरूले प्रतिवेदन पेस गर्ने र मिसन ग्रासरुट अभियान अन्तर्गत सातै प्रदेशका सचिवले रिपोर्ट पेस गर्ने निर्णय गरेको एक नेताले बताए । 

यसैगरी प्रदेशको वार्षिक कार्य योजना पारित गर्ने केन्द्रीय कमिटीको सातौँ एजेन्डा तय गरेको एमालेले त्यसबाहेक समसामयिक विषयमा समेत छलफल गर्ने एजेन्डा तय भएको ती नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस