काम गरेको ज्याला माग्दा ठेकेदारले कुटपिट गर्दै बिजुलीको पोलमा बाँधिदिए « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काम गरेको ज्याला माग्दा ठेकेदारले कुटपिट गर्दै बिजुलीको पोलमा बाँधिदिए


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । लोहारपट्टी नगरपालिकामा एक जना मजदुरले काम गरेको ज्याला मागेको भन्दै उनीमाथि कुटपिट भएको छ ।

लोहारपट्टी नगरपालिका–६ का निर्माण व्यवसायी कृष्ण मिश्रले कुटपिट गदै स्थानीय मोबारक नदाफमाथि दुर्व्यवहार गरेका हुन्।

गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत् पोलमा पाता कसेर मिश्रले नदाफलाई अमानवीय व्यवहार गरेका थिए।

मिश्रले उनको कपाल पनि मुण्डन गरेर मोसो दले। मान्छेहरूले त्यहाँ रमिता हेरेर बसेका थिए। घटनाको भोलिपल्ट समाजिक सञ्जालमा भिडिओ दखेपछि प्रहरीले मिश्रलाई पक्राउ गरेको हो ।

उनीविरूद्ध अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको छ । अमानवीय व्यवहार गरिएका नदाफ मिश्रले पाएका ठेक्कामा मजदुरी गर्दै आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस