सरकार ढल्ने चिन्ता छैन, राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक : जनार्दन शर्मा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सरकार ढल्ने चिन्ता छैन, राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक : जनार्दन शर्मा


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकार ढल्ने चिन्ता नरहेको बताएका छन्। 

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले ९९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको सरकार ढल्ने कुनै चिन्ता नरहेका बताएका हुन्।

राष्ट्रपतिमा राजनीतिभन्दा बाहिरको व्यक्ति ल्याउने विषयमा पार्टीमा कुनै छलफल र निर्णय नभएको भन्दै शर्माले राजनीतिक व्यक्तित्वलाई नै राष्ट्रपति बनाउनुपर्ने बताए। 

राष्ट्रपतिमा सकभर राष्ट्रिय सहमति हुँदा राम्रो हुने भन्दै शर्माले भने, ‘सरकार सम्बद्ध गठबन्धनले गरेको प्रस्तावमा राष्ट्रिय सहमति हुन आवश्यक छ।’

सत्ता गठबन्धनका बीचमा अहिले कुनै खटपट नभएको शर्माको दाबी छ। 

Tags :
प्रतिक्रिया दिनुहोस