सर्‍यो १ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सर्‍यो १ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ।

रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ५ बजेसम्मका लागि बैठक सरेको हो।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन्। केही दिनअघि काठमाडौँ आएका उनीहरू अहिले पनि काठमाडौँमा वार्ता र छलफल गरिरहेका छन्।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका उनीहरूले आज बिहान पनि छलफल गरेका थिए।

नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले भने, ‘हिजो बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल भयो। अहिले पनि हाम्रो पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल हुँदैछ । विश्वासको मत दिने वातावरण बन्यो भने केहीबेरमा धनगढी फर्किन्छौँ।’

बुधबार बस्दै नबसी स्थगित भएको प्रदेश सभा बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस