आत्मदाह गरेका आचार्यका छोरीलाई सांसद बस्नेतले पढाइदिने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आत्मदाह गरेका आचार्यका छोरीलाई सांसद बस्नेतले पढाइदिने


१४ माघ २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र न. २ का सांसद मोहनबहादुर बस्नेतले जलेर आत्मदाह गरेका प्रेम प्रसाद आचार्यका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।

उनले आचार्यका परिवार बसेको सिनामंगलमै पुगेर प्रत्यक्ष रूपमा भेटी यसको व्यवस्थाको जिम्मा लिएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

उनले भनेका छन्,‘स्व प्रेम प्रसाद आचार्यज्यूका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता मैले यही सामाजिक सञ्जालमार्फत गरेको थिएँ र प्रेम प्रसाद ज्यूको श्रीमती बस्नुभएको ठाउँ सिनामंगलमै पुगी प्रत्यक्ष भेटेर उहाँसँग थोरै भए पनि कुराकानी गरे र सान्त्वना पनि दिए साथै उहाँको रोजगारी र छोरीहरूको पठन पाठनको व्यवस्था मिलाउने जिम्मासमेत मैले लिएको छु।’

गत मङ्गलवार संसद भवनअगाडि नयाँ बानेश्वरमा आचार्यले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। कीर्तिपुरको बर्न हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस