पृथ्वी जयन्तीमा बिदा दिएकोप्रति जसपाको आपत्ति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पृथ्वी जयन्तीमा बिदा दिएकोप्रति जसपाको आपत्ति


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति असहमति जनाएको छ।

जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले पृथ्वी जयन्तीका नाममा दिइएको विदाप्रति आफूहरूको फरक मत रहेको बताए।

‘सरकारले पुस २७ गते बिदा दिने निर्णय जनआन्दोलन, लोकतान्त्रिक आन्दोलन र मधेस आन्दोलनको मर्म विपरीत छ,’ यादवले भने, ‘बिदालाई न्यूनतम साझा कार्यक्रमको अङ्गको रूपमा मान्नु हुँदैन।’

पुस २७ गते बिदा दिने निर्णय भएमा मात्रै सरकारलाई विश्वासको मत दिने राप्रपाले सर्त राखेको थियो।

राप्रपाकै दबाबका कारण सरकारले बिदा दिने निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस