पूर्व राजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पूर्व राजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ


९ पुस २०७९, शनिबार


महेन्द्रनगर (धनुषा) । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी हिजो यहाँ आइपुगेका थिए ।

जानकी मन्दिरमा पूर्व राजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्व राजालाई मायाको चिनो प्रदान गरेका थिए ।

पूजापाठपछि उनी यात्री निवास गेस्ट हाउस गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । पूर्व राजासँग पूर्व महारानी कोमल शाह पनि साथमै थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस