हेल्थ डेक्सलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हेल्थ डेक्सलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन


७ पुस २०७९, बिहिबार


काठमाडौँ । सरकारले नेपालमा कोरोना संक्रमण दर न्यून भएपनि विश्वव्यापी रूपमा बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै छिमेकी देशहरूमा नयाँ भेरियन्ट पुष्टि भएको अवस्थामा निगरानी बढाउने र सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा सम्पूर्ण प्रवेश विन्दुका हेल्थ डेक्स तथा स्वास्थ्य संस्थाहरूले आवश्यक स्क्रीनिंङ, निगरानी सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ ।

राष्ट्रिय प्रयोगशालामा ४८ वटा नमुना परीक्षण गरिए पनि पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको बि.एफ. ७ हालसम्म पुष्टि नभएको सह प्रवक्ता डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस