गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु गलत हो : देव गुरुङ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु गलत हो : देव गुरुङ


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियताप्रति प्रतिकूल हुने टिप्पणी गरेका छन् । अहिले नै राष्ट्रपतिको निर्वाचन गर्ने बेला भई नसकेकाले छलफल गर्नु समेत सान्दर्भिक नहुने उनले बताए ।

‘राष्ट्रपतिको निर्वाचन गर्ने समय नभएकाले छलफल गर्नु सान्दर्भिक हुँदैन । अहिले मुलुकमा राष्ट्रियताकै सङ्कट हो । राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा गर्ने विचारले हो । विचारकै आधारमा पार्टी चल्छ । मुलुकको रक्षा गर्ने अभिभारा वैचारिक रूपमा राजनीतिक पार्टीहरूले हो’ गुरुङले भने, ‘विचारधाराबिना मुलुकको रक्षा गर्न असम्भव छ । यद्यपि राष्ट्रपति दलबाट राजीनामा दिएर स्वतन्त्र भएर हुने आफ्नै खालको मान्यता छ । राजनीतिक पृष्ठभूमि नभएर गैर राजनीतिक खालको कुरा उठेको छ । यस्तो गर्न खोज्नु राष्ट्रियता प्रतिकूलको धारणा हो ।’

गैर राजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियतामाथि खेलवाड हुने गुरुङले बताए । दलभन्दा बाहिरबाट अराजनीतिक व्यक्ति खोज्ने कुरा आत्मसमर्पणवादी धारा हो । यस्तो चिन्तन सरासर गलत हो यो मान्न सकिँदैन’ गुरुङको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस