काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट व्रतबन्धका लागि बेथानचोक-५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो।

हालसम्म १७ जनाको मृत्यु पुष्टि भएको र थप मृतक हुनसक्ने अनुमान भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेकी डिएसपी अन्जना श्रेष्ठका अनुसार दुर्घटनामा परी २२ जना घाइते भएका छन्। उनीहरूको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई भने काठमाडौँ रिफर गरिएको उनले बताइन्।

घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको छ।

घाइतेको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी जोशीलाई गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन पनि दिएका छन्।

घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिइएको पनि गृह मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस