चोलेन्द्रको निलम्बन फुकुवाविरुद्ध रिटमा सुनुवाइ सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चोलेन्द्रको निलम्बन फुकुवाविरुद्ध रिटमा सुनुवाइ सुरु


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

त्यसका लागि सर्वोच्च अदालतले कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको छ ।

उक्त इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

संघीय संसदका महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवाको पत्र यही मंसिर २१ गते दिएका थिए । त्यसविरुद्ध सोही दिन सर्वोच्चमा रिट परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस