बचतकर्ताको रकम ठगेर सहकारीका सञ्चालकसहित कर्मचारी फरार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बचतकर्ताको रकम ठगेर सहकारीका सञ्चालकसहित कर्मचारी फरार


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । मञ्जुश्री बचत तथा ऋण सहकारी जोरपाटीमा पैसा बचत गरेका बचतकर्ता बिचल्लीमा परेका छन्। सहकारीका सञ्चालक श्याम लामा सहितका कर्मचारीले सहकारी बन्द गरी फरार भएसँगै उनीहरू बिचल्लीमा परेका हुन्। 

यसअघि सहकारीका कर्मचारीले १८ असोजमा सबैको पैसा फिर्ता दिने भन्दै भुक्तानी माग गर्ने बचतकर्तालाई फर्काएका थिए। 

आफ्नै बचत रकम नपाउँदा बिचल्लीमा परेको सहकारीबाट पैसा नपाएका मध्येका एक पीडित रामु तामाङले दुखेसो सुनाए।

रामेछाप घर भएका तामाङले आजभन्दा २ वर्षअघि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको मञ्जुश्री सहकारीमा ८ लाख जम्मा गरेका थिए। यतिवेला सो पैसा कसरी उठाउने भन्ने चिन्तामा रहेका उनी बताउँछन्। यतिवेला सहकारीमा जितेन लामा ३५ लाख, उमेश खतिवडा १४ लाख भगवती मिजार ६ लाख, डोल्मा लामा २३ लाख भुक्तानी लिन बाँकी रहेको उनले बताए।

सो सहकारीले एक महिना अगाडि  सुमो सकोस् बीच एकीकरण भएको सूचना सार्वजनिक गरेको थियो। उनीहरू यतिवेला पैसा उठाउनका प्रहरीमा उजुरी गर्ने तयारी गरिरहेका छन्। सहकारीमा कुल कति सदस्य छन् र कति रकम ठगी भएको भन्नेबारे एकिन तथ्याङ्क खुली नसकेको बताइएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस