लाइफ इन्स्योरेन्स कर्पोरेसनले यस वर्ष पनि लाभांश नदिने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

लाइफ इन्स्योरेन्स कर्पोरेसनले यस वर्ष पनि लाभांश नदिने


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले यस वर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव नगरीकन २०७९-८० को वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएपछि साधारण सभाले पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष पनि सेयरधनीलाई लाभांश दिएको थिएन । दोस्रो बजारमा यस कम्पनीको मूल्य सोमबार बजार बन्द हुँदा प्रतिकित्ता १३१५ रुपैयाँ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस