विश्वकप लिग टु : नामिवियाविरुद्ध ब्याटिङ गर्दे नेपाल  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्वकप लिग टु : नामिवियाविरुद्ध ब्याटिङ गर्दे नेपाल 


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । आइसिसी विश्वकप लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । 

नेपाल र नामिबिया दुई एक दिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ ।

७ टोली सहभागी विश्वकप लिग टु मा नेपाल २० खेलमा १७ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अङ्कका साथ चौथो स्थानमा रहेको छ । यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस