कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ चाकरचौडास्थित एक होटलमा भारत सिद्धार्थनगरको अलिगढवाका ३५ वर्षीया इरशाद खानमाथि गोली प्रहार भएको हो ।

खानको काँध र कम्मरमा गोली लागेको कपिलवस्तु प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए । घाइते खानलाई उपचारका लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ।

प्रहरी स्रोतका अनुसार पैंसाको लेनदेनको विषयमा गोली प्रहार भएको हो। अर्कै व्यक्तिलाई ताकेको गोली खानलाई लागेको अनुमान प्रहरीले गरेको छ ।

गोली हान्ने व्यक्तिको पहिचान भएको छैन । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस