अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाको लगातार दुई गोल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाको लगातार दुई गोल


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना र साउदी अरेबियाबिचको खेलमा दोस्रो हाफको सुरुवातमा नै अर्जेन्टिना विरुद्ध साउदी अरेबियाले दुई गोल गर्दै खेलमा २-१ को अग्रता बनाएको छ।

साउदीका लागि अल सेरीले ४८ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको अवस्थामा ल्याएका थिए।

लगतै ५ मिनेट पछि अल दवाश्रीले अग्रता दोब्बर बनाउँदै अर्जेन्टिना विरुद्ध सनसनीपूर्ण अग्रता बनायो।

त्यसअघि अर्जेन्टिनाले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो। १० औँ मिनेटमा नै अग्रता बनाएको अर्जेन्टिनाले त्यसपछि गरेका तीन प्रहार गोल भए पनि सबै अफसाइड घोषित भएका थिए।

साउदी अरेबियाका खेलाडीले फल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले १० औँ मिनेटमा नै पेनाल्टीको मौका पाएको थियो। जहाँ लियोनेल मेसीले सहज रूपमा गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा १-० को अग्रता दिलाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस