अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए पछि हट्दिनँ : भुवन केसी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए पछि हट्दिनँ : भुवन केसी


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका हुन् ।

अहिलेको चुनावले परिवर्तनको सङ्केत गरेको भन्दै उनले नेपाली कला, संस्कृति र फिल्मको प्रवर्द्धनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने धारणा राखे । उनले चुनावमा उम्मेदवार बनेका कलाकारलाई जितको शुभकामना समेत दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस