काठमाडौँ ७ मा मानुषी भट्टराईलाई राप्रपा नेपालको समर्थन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काठमाडौँ ७ मा मानुषी भट्टराईलाई राप्रपा नेपालको समर्थन


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई राप्रपा नेपालका उम्मेदवारले समर्थन गरेका छन्।

राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले आज मानुषीलाई समर्थन गरेको नेपाल समाजवादी पार्टीका एक नेताले बताए। नेपाल समाजवादीकी नेता मानुषी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सत्ता गठबन्धनबाट यो क्षेत्रमा उम्मेदवार छिन्।

उनले विज्ञप्ति निकालेर मानुषीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको उल्लेख गरेका छन्।

उनी कमल थापा नेतृत्वको राप्रपा नेपालबाट तीर चुनाव चिन्ह लिएर उम्मेदवार थिए।

उनले मानुषी योग्य उम्मेदवार भएकोले आफूले समर्थन गरेको बताएका छन्।

यसअघि मानुषीलाई जनसमाजवादी पार्टीका उम्मेदवार शैलेशराज श्रेष्ठले पनि समर्थन गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस