महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाले राजीनामा दिने  « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाले राजीनामा दिने 


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्षक कुमार थापाले जिम्मेवारी छाडेका छन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशसँग ३-१ ले पराजित भएपछि उनले आजै (सोमबार)देखि लागु हुने जिम्मेवारी छाडेको घोषणा गरेका हुन् ।

‘अरूलाई पनि मौका दिनुपर्छ, टिममा बसिरहनु राम्रो होइन, म बस्दा पनि बस्दिन,’ रङ्गशालामा पत्रकारसँग उनले भने, ‘अफिसियल घोषणा पनि गर्ने छु, यसैलाई अफिसियल घोषणा माने पनि हुन्छ ।’

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल सङ्घ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस