माथिबाट खसेको ढुङ्गा लागेर कर्णाली नदीमा एक महिला बेपत्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

माथिबाट खसेको ढुङ्गा लागेर कर्णाली नदीमा एक महिला बेपत्ता


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकामा एक महिला कर्णाली नदीमा बेपत्ता भएकी छन् । बाख्रा चराउन गएका बेला आज मध्याह्न १२ बजेतिर तुर्माखाँद ३ लोडेकी ४० वर्षीय चाउलीदेवी बुढा बेपत्ता भएकी हुन् ।

वडाध्यक्ष काशिराम बुढाकाअनुसार बाटोमा हिँड्ने क्रममा माथिबाट आएको ढुङ्गा लागेर उनी कर्णालीमा हेलिएकी हुन् । प्रत्यक्षदर्शीले उनी नदीको बिच भागमै पुगेको बताएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

उनको खोजीकार्य अझै जारी छ । उनका दुई छोरा र तीन छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस