एमाले जिल्ला सदस्यले कुटे कार्यकक्षमै वडाध्यक्ष « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले जिल्ला सदस्यले कुटे कार्यकक्षमै वडाध्यक्ष


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि कुटपिट भएको छ। उनीमाथि मंगलबार दिउँसो हेटौँडा ४ हुप्राचौरस्थित कार्यकक्षमै आक्रमण भएको हो। 

एमाले मकवानपुर सचिवसमेत रहेका सिग्देलमाथि एमाले जिल्ला सदस्य सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेका हुन्। आफू कुटिएपछि वडाध्यक्ष सिग्देलले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवश्यक कारबाहीका लागि उजुरी दर्ता गराएका छन्। दोङ भने फरार छन्। 

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले दोङले आफूमाथि कुटपिट गरेको भन्दै वडाध्यक्ष सिग्देलले उजुरी दर्ता गरेको जानकारी दिए।

उजुरी दर्तालगतै दोङलाई पक्राउ गर्न खोजी सुरु गरिएको कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस