काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिना रहेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि तिमल्सिनाले पाटन क्याम्पसबाट स्नातक उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।
उनलाई लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।