कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु


११ असार २०७९, शनिबार


काठमाडौँ । कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन्।

त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो।

त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस