काठमाडौँमा सार्वजनिक शौचालयको सङ्केत यस्तो हुनेछ ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँमा सार्वजनिक शौचालयको सङ्केत यस्तो हुनेछ !


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । महानगरपालिकाले सार्वजनिक शौचालय थाहा पाउन सङ्केत चिन्ह तयार पारेको छ।

सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिन्ह तयार पारिएको हो। सङ्केत चिन्ह राखेपछि प्रयोगकर्तालाई शौचालयबारे जानकारी हुने बताइएको छ।

मेयर बालेन शाहका अनुसार महानगरले होटेल, रेस्टुरेन्ट, बैङ्क लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेका छन्।

महानगरले आइतबार सार्वजनिक सूचना गरेर उक्त आह्वान गरिसकेको थियो।

महानगरले सार्वजनिक शौचालय चिन्न सजिलो बनाउनका लागि गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो रङले ‘सार्वजनिक शौचालय’ लेखिएको र बीच भागमा सेतो रङमा महिला र पुरुषको चिन्ह राख्दै सङ्केत चिन्ह तयार पारेको छ। जसमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ पनि लेखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस