वीरेन्द्रनगरमा एमालेको अग्रता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वीरेन्द्रनगरमा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं १ को २०० मतगणनामा हुँदा एमालेले अग्रता कायम गरेको छ ।

२०० मत गणना हुँदा एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ मत र उपप्रमुख निलकण्ठ खनालले ११० मत ल्याएका छन् ।

त्यस्तै, काँग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५ मत ल्याएका छन् ।

गठबन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ८१ मत ल्याएकी छिन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस