म अन्यायमा परे, न्याय दिनुपर्‍यो श्रीमान् : एआईजी पोखरेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

म अन्यायमा परे, न्याय दिनुपर्‍यो श्रीमान् : एआईजी पोखरेल


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । एआइजी विश्वराज पोखरेलले नेपाल प्रहरीको आइजिपी नियुक्तिमा आफूलाई अन्याय भएको बताएका छन्।

बिहीबार इजलासमा उपस्थित भएर एआईजी पोखरेलले प्रहरी सङ्गठनमा २९ वर्ष लामो काम गरेको तर बढुवा हुँदा सरकारले अन्याय गरेको भन्दै आफूलाई न्याय दिन सर्वोच्चका न्यायाधीशसँग आग्रह गरे।

उनले भने, ‘२९ वर्ष लामो समयदेखि प्रहरी सङ्गठनमा रही काम गरियो। बढुवामा सरकारले अन्याय गर्‍यो, न्याय दिनुपर्‍यो श्रीमान् ।’

आइजिपी नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका एआईजी पोखरेलले इजलाससमक्ष आफूसँग सङ्गठन हाँक्ने क्षमता र योग्यता रहेको भन्दै प्रहरी सङ्गठनको जिम्मेवारी आफूले पाउनु पर्ने जिकिर गरे।

Tags :
प्रतिक्रिया दिनुहोस