बझाङको बुंगल नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका कुँवरले दिए स्वतन्त्र उम्मेदवारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बझाङको बुंगल नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका कुँवरले दिए स्वतन्त्र उम्मेदवारी


१२ बैशाख २०७९, सोमबार


काठमाडौँ । बझाङको बुंगल नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष किशोर कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनका दलहरुको भागबन्डामा असन्तुष्टि जनाउँदै आएका कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनको भागबन्डामा मेयर काँग्रेसलाई र उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ ।

२०५७ सालदेखि आफू माओवादी केन्द्रमा आबद्ध रहेर पार्टीमा सक्रिय रहे पनि गठबन्धनले आफूमाथि अपमान गरेको आरोप कुँवरले लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस