बलरा नगरपालिकाका वडाध्यक्षले सचिवलाई कुटे « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बलरा नगरपालिकाका वडाध्यक्षले सचिवलाई कुटे


९ बैशाख २०७९, शुक्रबार


सर्लाही । सर्लाही बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका छन् ।

वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसमान बुझाएका मण्डलले ल्याएको भर्पाईमा सही गर्न नमानेका कारण आफूलाई कुटेको पण्डिले बताए ।

उनले भने, ‘वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ । उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।’

उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको पनि बताए ।

वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए । वडा कार्यालयमा के भएको हो त्यो पनि आफूलाई थाहा नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस