जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् ।
नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो ।
मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।