वासिङ्टन । जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजेटिभ देखिएको मन्त्रालयका एक अधिकारीले बुधबार जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुगेका लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।
लिन्डनरले कोरोना पोजेटिभ देखिनुअघि अर्थमन्त्रीहरू र केन्द्रीय बैङ्कका अध्यक्षहरूको जी२० बैठक र जी७ बैठकमा भाग लिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
जर्मनीले हाल जी७ को अध्यक्षता गर्दै आएको छ । मन्त्री ठिक भएको र उनलाई हल्का लक्षण मात्रै देखिएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
मंगलबार बर्लिनबाट वाशिंगटन र बुधवार वाशिंगटनमा उनको उडान अघिको परीक्षणहरू नेगेटिभ रहेको बताइएको छ ।