कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी


११ जेष्ठ २०७४, बिहिबार


कैलाली । कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ३ जना सदस्य बाहेक पुरै प्यानलमा अनेरास्ववियु विजयी भएको छ ।

अनेरास्ववियुका चुडामणी भट्ट ६ सय ७३ मत प्राप्त गरी सभापतिमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका गुरुदेव केसी (सुमन) ले ४ सय ९५ मत प्राप्त गरे ।

यस्तै सचिवमा अनेरास्ववियुका कृष्ण रोकाया ५ सय २७ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका विश्वप्रताप चौधरीले ४ सय ९ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुकी कल्पना पालले ४ सय ८२ मतका साथ विजय हासिल गरिन भने नेविसंघकी कृष्मा रावलले ४ सय ६५ मत प्राप्त गरिन ।

Tags :
प्रतिक्रिया दिनुहोस