पौडेलद्वारा मादी मर्स्याङ्दी मोटर मार्गको निरीक्षण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पौडेलद्वारा मादी मर्स्याङ्दी मोटर मार्गको निरीक्षण


१२ फाल्गुन २०७८, बिहिबार


दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मादी मर्स्याङ्दी मोटर मार्गको आज निरीक्षण गरेका छन् ।

व्यास नगरपालिका–७ बाट सुरु हुने मादी मर्स्याङ्दी मोटर मार्गको आज वरिष्ठ नेता पौडेलले निरीक्षण गरेका हुन्।

गण्डकी प्रदेशका सांसद सरिता गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेसहितको उपस्थितिमा मोटर मार्गको निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले यो मार्ग कालोपत्र भएपछि यस भेगको जनताको जीवनस्तर बदलिने बताए ।

सो मोटर मार्गका लागि बजेट विनियोजन भई बोलपत्रको प्रक्रिया थालिएको बताइएको छ ।

वरिष्ठ नेता पौडेलले आजै जिल्लाका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा कार्यकर्ता भेटघाट गरेका छन् । वरिष्ठ नेता पौडेलले व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, व्रिता, भानुको टुहुरे पसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारमा कार्यकर्ता भेटघाट गरेका छन् । सो क्रममा वरिष्ठ नेता पौडेलले पार्टीलाई सुदृढीकरण गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ नेता पौडेल केही दिन गृह जिल्लामा रहने कार्यक्रम रहेको छ । पौडेलले फागुन १३ गते व्यास नगरपालिका–१० मा निर्माण हुन लागेको व्यास नगर अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन पौडेलले कालिका मार्गको अवलोकन गर्नुका साथै रुपाकोटमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्नेछन् । फागुन १४ गते नेपाली काँग्रेस तनहुँ क्षेत्र नं २ को आयोजनामा खैरेनीटारमा हुने सुदृढीकरण एवं अन्तरक्रिया कार्यक्रममा पौडेलले सहभागिता जनाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस