बैङ्किङ कसुर मुद्दाका दुई फरार अभियुक्त पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बैङ्किङ कसुर मुद्दाका दुई फरार अभियुक्त पक्राउ


२ फाल्गुन २०७८, सोमबार


पक्राउ

काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका ९ घर भई हाल काठमाडौँस्थित सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँस्थित तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि जाहेरवालालाई झुक्क्याई चेक दिई बैङ्किङ कसुरजन्य अपराध गरेका थिए । यसअघि उच्च अदालत पाटनले उनीहरूमाथि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा सजाय सुनाएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले प्रतिवादीलाई पक्राउ गरी आज (सोमबार) ललितपुर जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताएका छन् ।

अदालतले गुरुङलाई बिगोबमोजिम २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ भने भण्डारीलाई ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस