काठमाडौँ। नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । १४ औँ महाधिवेशन अनतर्गत बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।
डा। शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए ।
यसअघि देउवा प्यानलका सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डिना उपाध्याय र आदिवासी जनजातितर्फबाट भीष्मराज आङदेम्बे विजयी भएका छन् ।