इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो


२४ मंसिर २०७८, शुक्रबार


जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ ।

ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ ।

ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा अँध्यारो र बादलले ढाकिएको हुनाले बिहीबारको उद्धार प्रक्रिया रोकिएको व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारी बताएका छन् ।

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।

प्रभावित क्षेत्रबाट करिब ६ हजार व्यक्तिलाई १२१ ओटा अस्थाई वासस्थानमा सारिएको छ । जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सुमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस