वडाध्यक्षलाई ‘छोटे राजा’ भनेपछि वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा रोक्का « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

वडाध्यक्षलाई ‘छोटे राजा’ भनेपछि वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा रोक्का


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । सल्यानस्थित बागचौर नगरपालिका–४ का वडाध्यक्ष प्रेमबहादुर पुनले आफू विरुद्ध सामाजिक सञ्जालमा लेखेकै कारण स्थानीय युवालाई सेवा प्रतिबन्धमा रोक लगाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनले सोही वडाको सिमाखोली भन्ने ठाउँका दिलबहादुर केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट वञ्चित गराएको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

फेसबुकमा वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधिलाई समेटेर ‘छोटे राजा’ संज्ञा दिई चरित्रहत्या गर्ने काम भएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस