दार्चुलामा तुइनबाट खसेर युवा बेपत्ता भएको घटनाको वास्तविकता​ बाहिर ल्याइ न्याय दिलाउन काँग्रेसको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दार्चुलामा तुइनबाट खसेर युवा बेपत्ता भएको घटनाको वास्तविकता​ बाहिर ल्याइ न्याय दिलाउन काँग्रेसको माग


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याएर आफ्नो नागरिकलाई न्याय दिलाउन नेपाली काँग्रेसले सरकारसमक्ष माग गरेको छ ।

दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण उक्त घटना भएको समाचार प्राप्त भएको नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

काँग्रेस प्रवक्ता शर्माका अनुसार समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको जानकारी दिएका छन् । ’नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ,’ शमाले विज्ञप्तिमा भनेका छन् ।

घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिनरदिलाउन कांग्रेसले सरकार समक्ष माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस